भारतको मुन्डकाको व्यावसायिक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । मृतक संख्या अझै बढ्नसक्ने बताइएको छ । 

आगलागीबाट १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ । 

सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परको  भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गर्दै मृतकका प्रत्येक परिवारलाई जनही २ लाख भारु दिने घोषणा गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us