गुल्मी । चन्द्रकोट गाउँपालिका १ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ। गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन्।
कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याएका छन्।
खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।