भरतपुर महानगरपालिकाको मतगणना जारी

चितवन । एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । शनिवार बिहान करिब १२ बजेबाट महानगरको वडा नम्बर १ बाट गणना शुरु गरिएको  निर्वाचन आयोगले जनाएकाे छ।

अहिले मतगणना जारी रहेकाे जनाइएकाे छ । शुक्रवार भएको मतदानमा यस महानगरको मतदानमा एक लाख २७ हजारले मतदान गरेका थिए । यहाँ माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार रहुनभएकाे छ भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार रहनुभएकाे छ ।

साझा गठबन्धनको तर्फबाट उम्मेदारमा चयन भएकी रेणुको पक्षमा नेपाली कांग्रसको समर्थन रहेको छ। यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नथ पौडेलले पनि मेयरमा भुइकटहरको चिन्हसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *