इलाम । माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानल विजयी भएको छ । भर्खरै सार्वजनिक भएको अन्तिम मतपरिणाममा नेकपा एमालेका उम्मेदवार नविन लिम्बू ५४ मतान्तरका साथ विजयी भए। लिम्बूले ३ सय २५ मत प्राप्त गरी जिल्लामै पहिलोपटक निर्वाचित घोषित भए ।
उनका निकटतम प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत मात्र पाए । त्यस्तै स्वतन्त्र उम्मेदवार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए ।
महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।