सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा एकीकृत समाजवादीको जित

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको एक वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीबाट हरिपुर नगरपालिका–९ को वडाध्यक्षका उम्मेदवार विश्वनाथ राय यादव ११ सय ८७ मतका साथ विजयी हुनुभएको छ । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनाथ साहले ५ सय ५५ मत मात्र प्राप्त गर्नुभयो । 

यस्तै उक्त पालिकामा मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल बुढाथोकीले १ हजार ४७ मतसहित अग्रता कायम गर्नुभएको छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गोपाल पंजियार १ हजार १६ मतसहित र निवर्तमान मेयर जमरुद्दिन मन्सुरले ९ सय ७५ मतसहित चुनावी मैदानमा हुनुहुन्छ । 

यसैबीच उपमेयरका उम्मेदवारहरूमा एकीकृत समाजवादीकी शिलु कार्की १२ सय २५ मतसहित अग्र स्थानमा रहनुभएको छ । नेकपा माओवादी केन्द्रकी अनिता देवी १ हजार १८ मत र नेपाली कांग्रेसकी उम्मेदवार निलमदेवी राय यादव ८ सय मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *