सुन प्रतितोला १३०० रुपैयाँले घट्यो

काठमाडौं। आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत विहिबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य अज आज प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत विहिबारको तुलनामा आज सुको मुल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत विहिबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us