रौतहट । रौतहटमा नेकपा एकीकृत समाजवादीको विजयी सुरुवात भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरमा कलम चुनाव चिन्हले पहिलो खाता खोलेको छ।
गौर नगरपालिका १ मा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका छन् । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन्।
उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्वन्द्वी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् । अध्यक्ष नेपालको गृहनगरमा मेयरमा एकीकृत समाजवादीका शम्भु साहको अग्रता कायम अझै नै रहेको छ । मत गणना प्रक्रिया जारी नै रहेको छ ।