कास्की । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता लिइरहनु भएकाे छ ।
उहाँले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई ८१ मतले पछाडि पार्नुभएकाे हाे । गठबन्धनका उम्मेदवार आचार्यले १ हजार १२१ मत पाउँदा थापाले १ हजार ४० मत प्राप्त गर्नुभएकाे छ । यो महानगरमा राप्रपाले १८४ मत पाएको छ ।
पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार २४६ मत ल्याएर अग्रता लिइरहनुभएकाे छ ।