मतगणना सुस्त हुँदा निर्वाचन अधिकृतकाे आलोचना

मकवानपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत बैशाख ३० गते भएको मतदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका १ लाख ४ हजार ४ सय ७३ जना मतदातामध्ये ७१ प्रतिशत अर्थात ७४ हजार १ सय ८५ जनाले मतदान गरे । बैशाख ३१ गते बिहानदेखि हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतगणनाको कार्य सुरु भएको छ ।

डेढ दिनको अवधिमा आइतबार दिउँसो ३ बजेसम्ममा करिब १० प्रतिशत मत गणना भइसकेको छ । अझै करिब ९० प्रतिशत अर्थात ६६ हजार ६ सय ४२ मत गणना हुन बाँकी छ । डेढ दिन पूरा भइसक्दा पनि हेटौंडा उपमहानगरपालिकाको एउटा वडाको पनि नतिजा सार्वजनिक हुन सकेको छैन । मतगणना सुस्त भएको भन्दै सर्वसाधारणले आलोचना गरिरहेका बेला निर्वाचन अधिकृतको कार्यालयले भने छिटो मतगणना गर्ने योजना बनाउन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको ७ हजार ५ सय ४३ मत गणना हुँदा मेयरका उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले २ हजार २ सय ७४ मत पाएकी छन् ।

यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २ हजार २ सय २५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २ हजार १ सय १२ मत पाएका छन् ।

यसैगरी, उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका राजेश बानियाले ३हजार ३ सय १ मत पाएका छन् भने नेकपा एमालेकी सुमित्रा काफ्लेले २हजार ७ सय ७६ मत पाएकिछिन भने राप्रपाका इन्दिरा डल्लाकोटीले ६सय ६७ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *