बिर्तामोड । झापाको कमल गाउँपालिका- २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा निर्वाचित भएका छन् । २७ बर्षीय सुब्बाले नेकपा एमालेका धनबहादुर बस्नेतलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सुब्बाले एक हजार ८ सय ६० तथा पराजित बस्नेतले एक हजार ३४ मत पाएका छन् । एकीकृत समाजवादीले कमल गाउँपालिकामा एउटा वडाध्यक्ष भागमा लिएर कांग्रेस–माओवादीसँग चुनावी तालमेल गरेको थियो ।