चोक–चोकमा थुप्रिएको फोहोरको डुङ्गुरले शहर दुर्गन्धित

काठमाडौं। काठमाडौं महानगरमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डुङ्गुर थुप्रिएर शहर दुर्गन्धित बनेको छ ।

सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभास हुन थालेको सर्वसाधारण बताउँछन् । कहिले सिलडोलबासीको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौंसम्म फोहोर नउठ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us