प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन सोमबार आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको छ ।
भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन् । मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेटअगाडि चारवटा पक्की हेलिप्याड बनाएको छ ।

त्यसपछि भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारीसमेत लिएका थिए । ‘भारतीय सुरक्षा अधिकारीले हेलिकप्टरबाटै सुरक्षा अवस्था अवलोकन गरे,’ कोषका एक अधिकारीले भने, ‘तर यसबारे उनीहरूले थप बताउन चाहेनन् ।’ सरकारी अधिकारीले मोदीसँग चारवटा हेलिकोप्टर आउने बताएका छन् ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार शनिबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेका थिए । भट्टराईले केही दिनअघि नै भारतबाट पनि उच्च सुरक्षा अधिकृत आइसकेको बताए । भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us