आज महिला टी–२० अन्तर्राष्ट्रिय श्रृंखला पहिलो खेल हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज टी–२० अन्तरराष्ट्रिय श्रृंखला खेल्दैछ ।  नेपालले पाहुना टोली अफ्रिकन राष्ट्र युगान्डासँग घरेलु मैदानमा पहिलो टी–२० अन्तरराष्ट्रिय श्रृंखला खेल्न लागेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको श्रृंखला लागि युगान्डा टिम आइतबार नै नेपाल आइसकेको छ । युगान्डा र नेपालबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ । 

जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । उपकप्तानको जिम्मा इन्दु वर्माले पाएकी छिन् । सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला क्रिकेट टिमको अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएको थियो । त्यसयता, नेपाली टिमले घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । उक्त खेलमा नेपालले कास्य पदक जितेको थियो । 

युगान्डासँगको खेलका लागि १६ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।  अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । 

यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय टी–२० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । हाल नेपाल आईसीसी टी–२० वरियतामा १६औं स्थानमा छ भने युगान्डा १९औं स्थानमा छ । नेपाल र युगान्डाबीच  ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुनेछ । खेल हेर्न दर्शकलाई मैदान प्रवेश निशुल्क समेत गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us