गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको छ । 

आज विहान कुवेतबाट आएको जजिरा एयरवेजको अन्तराष्ट्रिय जहाजलाई स्वागत गर्दै प्रधानमन्त्री देउवाले विमानस्थलको उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आले पनि उपस्थित हुनुहुन्थ्यो । आजैदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय व्यावसायिक उडान पनि शुरु भएको छ । 

कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले आज बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेर पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान शुरु गरेको हो ।  साताको ३ दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति २ः३० बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले  १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ ।

जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ । सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ । पूर्वाधारको काम अझै बाँकी रहेको र  यसलाई विस्तारै बढाउदै लैजाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us