काठमाडौं । पछिल्लो २४ घण्टामा ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार ७३४ पीसीआर परीक्षण गर्दा ५७ र ३ हजार १५० एन्टिजेन परीक्षण गर्दा २६ गरी ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।
हाल देशभर ४ हजार ७४६ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख तीन हजार ५३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।