पोखरा । पोखरा महानगरपालिकामा १० हजार ४९३ मत गणना हूँदा एकीकृत समाजवादीका धनराज आचार्यले ४११० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका कृष्ण थापाले ३०८३ मत प्राप्त गर्नुभएको छ।
राप्रपाका शंकर खरालले ५४६ मत प्राप्त गर्नुभएको छ। उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले चार हजार ३८४ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी कोपिला रानाभाटले चारहजार २९८ मत प्राप्त गर्नुभएको छ।