काठमाडौं। भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति २९ हजार २ सय भोट ल्याएर निर्वाचित हुनुभएको छ। निकतटतम् प्रतिष्पर्धी भन्दा झन्डै ९ गुणा बढि मत ल्याएर प्रजापति विजय हुनुभएको हो। वहाँका निकतटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गर्नुभएको छ।
यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी हुनुभएको छ। वहाँकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत ल्याउनु भएको छ।