गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं। मंगोलियन हार्टमा आबद्ध चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। लामासहितको आरोहण दलले सोमबार बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा आरोहण गरेका हुन्।

इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना थिए । उनीहरुमध्ये ८ जना विदेशी र अन्य नेपाली हुन्।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामासहितको टोलीले गरेको सो आरोहणको नेतृत्व मिङ्मा जी शेर्पाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us