काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार एक लाख जना म्यादी प्रहरीको लागि विज्ञापन खुलाएको छ ।
इच्छुक नेपाली नागरिकले यही चैत ६ गते देखि ११ गते सम्म आवेदन दिन सक्नेछन् । आवदेन फाराम दर्ता गर्ने अन्तिम मिती सम्म १८ वर्ष पूरा भएको र ५४ नमागेको हुनु पर्छ साथै फारम जिल्ला स्थित जिल्ला प्रहरी कार्यलयमा उपलब्ध हुनेछ।
छनोट भएका उमेरदवरले निर्वाचन अबधिभर बढीमा ४० दिन काम गर्नु पर्ने साथै छनोट भएका उम्मेदवारले ३० हजार २४० रुपैयाँ सम्म तलब, सात हजार २०० रुपैयाँ खाद्यान्न र ६ हजार रुपैयाँ पोषाक तथा अन्य सामान खरीदका लागि प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।