काठमाडौं । ३० वैशाखमा स्थगित भएका क्षेत्रमा आज पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।
निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका–८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।
मंगलबार तनहुँको व्यास नगरपालिका–८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।