सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी हुनुभएको छ । गठबन्धनबाट अध्यक्षको उम्मेदवार बन्नुभएका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराउनुभएको हो । पुनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत प्राप्त गर्नुभयो ।
माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका भीमा बुढाथोकीले २७४५ मत प्राप्त गर्नुभयो । कपुरकोटमा समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो ।