रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक

काठमाडौं । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक छ। त्यसैकारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न जनतालाई आग्रह समेत गरेको छ ।

“रक्तचापको एउटा निर्धारित चाप छ, जुन बढी वा कम हुनु दुवै हानिकारक हुन्छ । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा आफ्नो शरीरको रक्तचापको नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रणमा राख्ने प्रण गरौं,” मन्त्रालयले भनेको छ ।
टाउको दुख्ने, रिंगटा लाग्ने, थकान महसुस हुने, एक्कासी नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुनु उच्च रक्तचापका लक्षण रहेको मन्त्रालयले जनाएको छ ।

धुमपान र मदिरा सेवन नगर्ने, हरियो सागसब्जी र फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने र नियमित व्यायाम तथा योग गर्नु उच्च रक्तचापबाट बच्ने उपाय भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us