सुन प्रतितोला दुई सयले बढ्यो

काठमाडौं। आइतबारको तुलनामा मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us