गठबन्धनबाट अपेक्षित सहयोग भएनः अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षित सहयोग नपाएको बताउनुभएको छ ।

मंगलवार मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएको स्वीकार गर्नुभयो । उहाँले पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको गुनासाहरु आइरहेको भन्दै गठबन्धन र चुनावी समीक्षा गरेर अघि बढ्ने अध्यक्ष नेपालको भनाई छ । नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५–२० ठाउँमा पालिका जित्ने अनुमान रहेको पनि बताउनुभयो ।

हालसम्म घोषित मतपरिणाम अनुसार एकीकृत समाजवादीले दुई निर्विरोध सहित चार पालिकामा जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us