कास्की। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ र उहाँले मतान्तर पनि बढाउँदै लानुभएको छ। उहाँले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गर्नु भएको छ ।
एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत ल्याउनु भएको छ । यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार २ सय ७१ मत पाउनु भएको छ ।