महजोडीद्धारा विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ

काठमाडौं। हिजो सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गर्नुभएको छ। फिल्म प्रदर्शनको इतिहास बोकेको जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि नयाँ स्वरुपमा संचालनमा आउने भएको हो ।

भूकम्पपछि जीर्ण बनेको पुरानो हललाई २०७१ सालमा भत्काइएको थियो । पुरानो हलकै आडमा बनेको नयाँ मल्टिप्लेक्सको माथिल्लो तलामा हल खुलेको हो । विश्वज्योति मल्टिप्लेक्समा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । थ्रीडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधासम्पन्न छ । शुभारम्भ समारोहमा बोल्दै संचालक मोहन सर्राफले दर्शकको सुविधालाई ध्यानमा राखेर हल संचालनमा ल्याउन लागिएको बताए ।

सो अवसरमा ‘लक्का जवान’ फिल्म प्रदर्शन गरिएको थियो । फिल्मका निर्देशक र कलाकार पनि उपस्थित रहे । शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us