प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं। प्रतिनिधिसभाको ११औँ अधिवेशनको पहिलो बैठक सुरू भएको छ । बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनु भउको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नौ महिनादेखिको संसद् बैठकको अवरोध पनि हटाएको छ । एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशनमा अवरोध नहुने भएको छ ।

आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो । तर नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हो । आजको बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गर्नुभएको छ । उहाँले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us