निर्वाचनपछि बढ्ने अनुमान विपरीत नेप्से उच्च अङ्कले घट्यो

काठमाडौं। मंगलबार नेप्से परिसूचक ८४.९ अङ्कले घटेर २ हजार २६५ अंकमा ओर्लिएको छ। स्थानीय तहको निर्वाचनपछि बजार बढ्ने अनुमान विपरीत शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको हो।

निर्वाचनमा भएको खर्चका कारण बजारमा पैसा आएर ब्यांकको लगानीयोग्य पूँजी थपिने र ब्याजदर घट्ने अनुमान गरिएको थियो। तर, लगानीकर्ताको मनोबल खस्किंदा निर्वाचनपछि खुलेको बजारमा पहिरो गएको हो।२ हजार २ सय अङ्कको हाराहारी ओर्लिएको बजार गत साता केही बढेको थियो। तर, मंगलबार १८८ कम्पनीको शेयर मूल्य घटेको छ भने दुई वटा कम्पनीको शेयर मूल्य मात्र बढेको छ।

सबैभन्दा धेरै युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त, बुद्धभूमि नेपाल जलविद्युत, इमर्जिङ नेपाल लगायत कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत मूल्य गुमाए। मंगलबार सबै समूहका उपसूचक ओरालो झरेका छन्। अन्य समूह सर्वाधिक ६.०१ प्रतिशत, फाइनान्स ५.७५ प्रतिशत, जलविद्युत ५.२८ प्रतिशत, जीवन बीमा ४.९८ प्रतिशतले घटे।

मंगलबार २२१ कम्पनीका रु.१ अर्ब ६४ करोड मूल्य बराबर शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us