२४ घण्टामा १९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् । चार हजार १९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका सक्रिय संक्रमित सबैजना होम आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रालयका अनुसार अहिले देशका कुनै पनि अस्पतालमा कोरोना संक्रमित भर्ना भएर उपचाररत छैनन् ।

यो अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४९ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us