नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ ।  भारतीय विदेश मन्त्रालयले मंगलबार चिनियाँ मामिला जानकार श्रीवास्तवलाई नेपाल पठाउने निर्णय गरेको हो ।

विदेश मन्त्रालयमा पूर्वी एसिया डेस्क हेरिरहेका श्रीवास्तव शुक्रबार नेपाल आउने र अर्को साताबाट कार्यभार सम्हाल्ने भारतीय दूतावासले जनाएको छ ।

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश मन्त्रालयको सचिव नियुक्त भएपछि उनको ठाउँमा श्रीवास्तव आउन लागेका हुन्। विदेश मन्त्रालयका एडिसनल सेक्रेटरी श्रीवास्तवले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us