सनराईजर्स हैदरावादले मुम्बईले निकाल्यो इण्डियन्समाथि ३ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ ।  मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए ।  यस्तै, टिम डाभिडले ४६ रन जोडे ।  हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्‍यो  ।

हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए  ।  प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us