रौतहटको राजदेवीमा नेकपा एकीकृत समाजवादी विजयी

काठमाडौं। रौतहटको राजदेवी नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

राजदेवी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार भिखारी यादव निर्वाचित हुनुभएको हो । उहाँले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरले पराजित गर्नुभएको छ । यादवले ७ हजार ५२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत पाउनुभएको छ ।

यसैगरी उपमेयरमा समाजवादीकै राजकुमारी देवी निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ८४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसकी अर्चना कुमारी यादवले ३ हजार १४९ मत ल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us