मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं। गएराति सवा १० बजेतिर ललितपुरको ग्वार्कोस्थित नमस्ते पेट्रोलपम्प नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको ज्यान गएको छ ।

कोटेश्वरबाट ग्वार्कोतर्फ आइरहेको बाग्मती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको बुलेट मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ३८ वर्षीय पुरुषको बीएण्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

ललितपुरकै नख्खुमा बसोवास गर्ने ४२ वर्षीय मोटरसाइकल चालक देवबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानको निम्ति महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ । मृतकको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us