बसाइसराइ सहरीकरणको डरलाग्दो समस्या बनेको छ : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइसराइ सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् ।

बसाइसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै उनले यसको लागि नीतिगत रूपमा नै व्यवस्था गर्न लागिएको बताइन । सरकारका संयन्त्रले एक्लाएक्लै काम गर्छौँ भन्ने सोच बदल्न आवश्यक रहेको बताउँदै मन्त्री झाँक्रीले मन्त्रालयहरू नै एक अर्काका विरोधी जस्ता देखिएकाले यस्तो खालको चिन्तन बदल्न आवश्यक रहेको बताइन ।

उनले भनिन, “जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइसराइ एकदमै डरलाग्दो छ ।” लुम्बिनी प्रदेशको बुटवलमा राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनसम्बन्धी सहरी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाडबाट तराईतिर साना सहरबाट ठुला सहरतिर बसाइसराइको क्रम बढ्नु चुनौती रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us