गहूँमा बोनस लगायतका माग राख्दै पंजाबका किसान आन्दोलनमा

काठमाडौं। भारतको पंजाब राज्यका किसानहरु फेरि आन्दोलित बनेका छन् । गहूँमा बोनस दिनुपर्नेलगायत विभिन्न माग राख्दै भारतमा फेरि किसान आन्दोलन शुरु भएको छ ।

पञ्जाब राज्यमा अहिले आम आदमी पार्टीको सरकार छ । राज्य सरकारलाई दबाव दिने उदेश्यले राजधानी चंडीगढ़तर्फ जाँदै गरेका आन्दोलनमा सहभागी किसानहरुलाई राजधानी प्रवेशमा रोक लगाइएको छ । अहिले उनीहरुले चंडीगढ़–मोहाली सीमा क्षेत्रमा धर्ना जारी राखेका छन् ।

किसान आन्दोलनका नेताहरुले सरकारले आफूहरुको माग सुनुवाइ नगरे प्रदर्शनलाई थप सशक्त बनाउने र राजधानी चंडीगढ़ प्रवेश गरेरै छोड्ने चेतावनी दिएका छन् । किसानहरुको प्रदर्शनलाई मध्यनजर राखी अहिले चंडीगढ़–मोहाली सीमा क्षेत्रमा ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । किसान र पञ्जावका मुख्यमन्त्री भगवन्त मानबीच सोमवार वार्ता हुने तय भएको थियो । तर वार्ता रद्द भएपछि किसानहरु थप आन्दोलित बनेका हुन् ।

पञ्जावका अलग अलग जिल्लाबाट आएका किसानहरु ट्रलीसहित अहिले प्रदर्शनस्थलमा भेला भएका छन् । प्रदर्शनमा विभिन्न १६ किसान संगठनको सहभागीता रहेको बिबिसी हिन्दीले जनाएको छ । यसैबीच पञ्जावका मूख्यमन्त्री भगवन्त मानले सरकारले किसानसँग वार्ता मार्फत माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us