काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ। हिजो मङ्गलवार ८५ अङ्कले घटेको शेयर आज ८.९ अङ्कले बढेर दुई हजार दुई सय ७४ दशमलव ४२ विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । दुई सय २७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको पाँच करोड ३८ लाख ३० हजार रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ । सूर्योदय ओमी लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।