कोलकातालाई २ रनले हराउँदै लखनउ प्लेअफमा प्रवेश 

एजेन्सी । कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल)  टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि  नयाँ टोली गुजरात टाइटन्स प्लेअफमा स्थान बनाएको छ ।

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए । नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३–३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो ।

लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए ।  जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us