काठमाडौं । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका–५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की छन्। टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो। तर, उपचारको क्रममा राति सवा ११ बजे उनको मृत्यु भएको मैनालीले जानकारी दिनुभयो ।