१८ महिने बालिकाको बलात्कारपछि हत्या गर्नेको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । १८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले १८ महिने बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग समेत गरे ।
श्रीमती संगठन नेपालको आयोजनामा भएको सो प्रदर्शनपछि हत्या गरेकी बालिकाको आत्मशान्तिको कामना गर्दै मैनबत्ती समेत बालिएको थियो । केहीदिन अघि मोरङ बेलबारी ८ की १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us