घोडाघोडी नगरपालिकामा नेकपा एसका रावत विजय

काठमाडौं। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पद जितेको छ । नगरपालिकामा समाजवादीको सुदूरपश्चिममा यो पहिलो जीत हो । घोडाघोडीको प्रमुख पद मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई ४ हजार ८८७ मतान्तरले हराएका हुन् । रावतले १३ हजार १२८ मत ल्याए भने चौधरीले ८ हजार २४१ मत पाएकी छन् ।

यो नगरपालिकाको उपमेयरमा काँग्रेसकी गुलियाकुमारी चौधरी १२ हजार २७० मतसहित विजयी भइन् । चौधरीले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन् । बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us