झापा । बुधवार दिउँसो साँढे १ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेका कैलाली घर भई दमक नगरपालिका-२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई २९ लाख बराबरको अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा न ६ पुरानो मेची पुल छेउबाट प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा पैदल मार्ग हुँदै भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम सुन बरामद गरेको हो । हालको बजार मूल्य अनुसार २८ लाख ८७ अजार १८२ रुपैयाँ बराबरको सुन उनीबाट बरामद गरिएको हो ।
सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।