लागुऔषध खैरो हेरोइन सहित कैलालीमा चार जना प्रकाउ

काठमाडौं। खैरो हेरोइन सहित कैलालीका विभिन्न स्थानबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय धर्म चन्दर तथा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र भजनी नगरपालिका-३ बस्ने २८ वर्षीय सुकमेन्द्र सिंह रहेका छन् ।


जिवनलाई धनगढी उपमहानगरपालिका९४ बाट करिब ५ ग्राम, धर्म तथा किशोरलाई सोही उमहानगरपलिका-२ ट्राफिक चोकबाट करिब २ सय ३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले र सुकमेन्द्रलाई भजनी नगरपालिका-३ हुलाकी राजमार्गबाट करिब २ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us