२४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४७ वटा एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ३८ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us