बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनुपर्ने मागसहित शुक्रबार प्रदर्शन

काठमाडौं। बालुवाटार प्रधानमन्त्री निवास नजिकै बलात्कारका घटनामा संग्लनलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने मागसहित शुक्रबार प्रदर्शन गरिएको छ । हालै एक युवतीले सामाजिक सञ्जालमार्फत घटनाका बारेमा सार्वजनिक गरेको भन्दै केही युवाले दोषीमाथि कारबाही गर्नुपर्ने मागसहित प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासनजिकै गरिएको प्रदर्शनका क्रममा उनीहरूले बलात्कार र यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्नेलगायत नारा लगाएका थिए । बुधबार एक युवतीले सामाजिक सञ्जालमार्फत ०७१ सालमा आयोजित सौन्दर्य प्रतियोगिताका क्रममा आफूमाथि बलात्कार भएको बताएकी थिइन् । त्यससँगै दोषीमाथि कारबाहीको माग उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us