नयाँ जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु हुँदै

काठमाडौँ । स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आज शुक्रबारबाट सुरु हुँदै छ । २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएसँगै नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबार सुरु हुन लागेको हो । वैशाख ३० मै निर्वाचन भए पनि अझै धेरै ठाँउको अन्तिम मतपरिणाम आउन भने बाँकी छ । तर ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।

शुक्रवार विहानसम्म ६२५ पालिकाको परिणाम आएको छ । अब १२८ स्थानीय तहको मतपरिणाम मात्र आउन बाँकी छ । जसमा सत्तारूढ दल कांग्रेसले सबैभन्दा धेरै पालिकामा प्रमुख र उपप्रमुख जितेको छ भने ०७४ को निर्वाचनमा पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा छ ।

आयोगका अनुसार अब अछामको साफेबगर–१३ राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन शुक्रबार हुँदै छ । बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा पुनः निर्वाचनको उजुरी परेपछि आयोगले निर्णय लिन सकेको छैन । प्रमुख निर्वार्चन आयुक्त दिनेश थपलियाले कार्यकालको गणना शुक्रबारदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us