काठमाडौं। अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै कान्ति बाल अस्पतालको ओपीडी सेवा आइतबार पनि सञ्चालन हुने भएको छ।
सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि बिरामीको चापलाई मध्यनजर गर्दै पूर्ववत अवस्थामा आइतबार पनि ओपीडीलगायत सबै सेवा सञ्चालन हुने जनाएको हो। सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ। त्यसअनुसार सरकारी कार्यालय दुई दिन बिदा हुनेछन्। तर, केही अस्पतालले आइतबार पनि ओपीडी सेवा जारी राख्ने निर्णय गरेका छन्।