मतपेटिका लुटेर भागेका व्यक्ति पक्राउ

काठमाडौं । स्थानिय तहको निर्वाचनको मतपेटिका लुटेर फरार भएका व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–२ का ४६ वर्षीय चन्देश्वर वैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यमुनामाई गाउँपालिका–२ स्थित मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रमा मदतान स्थगित भएको अवस्थामा एक हुल मानिस आइ मतपेटिका लुटेका थिए। जबरजस्ती मतदान केन्द्र प्रवेश गरी मतपेटिका लिएर भागेपछि प्रहरीले गोली नै चलाउनु परेको थियो।

प्रहरीले केही राउण्ड फायर गरेपछि मतपेटिका छाडेर बैठा फरार भएका थिए। उनै बैठालाई बिहीबार राति घरबाट पक्राउ गरिएको हो। उनीविरुद्ध निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ कसुरमा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us