मङ्गलबार गठबन्धन सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश हुने

काठमाडाैं । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार  सङ्घीय संसद्मा पेश हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो।

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us