किशाेरीकाे घटनाबारे सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध

काठमाडाैं । सौन्दर्य प्रतियोगितामा सहभागि हुँदा याैनहिंसामा परेकी किशाेरीकाे घटनाबारे सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न प्रतिवद्ध रहेकाे गृहमन्त्रालयले बताएकाे छ ।

काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन हुन थालेपछि गृहमन्त्रालयले शनिवार विज्ञप्ति जारी गरी दाेषी पत्ता लगाइ कारबाही गर्न प्रतिवद्धता जनाएकाे हाे।

मन्त्रालयका सहसचिव फणिन्द्रमणि पाेखरेलले जारी गर्नुभएकाे विज्ञप्तिमा दाेषी पत्ता लागइ हदैसम्मकाे कारबाही गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेकाे जनाइएकाे छ ।

विज्ञप्तिमा ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’ भनिएकाे छ।

मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को संयोजकत्वमा छानविन समिति समेत गठन भइसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us