कथा – मनमानी

सीता ओझा ।

रूक्मिता र सरीता कार्यलयिय खाजा खाने समयको जोहो गर्दै एकैछिन घामको पार तापेर भलाकुसारी गरिरहेका थिए । रूक्मता र सरीतातिर घोर्से परेर हेरिरहेकी मनचरीले दुइतिन पटक टाढैबाट फन्को मारी।

एकछिन पल्लो छेउ पुगेर हान्ने गोरूले झै गरेर हेरि । पाँ मिनेट पनि त्यहाँ अडिन नसकेकी मनचरी फनफनीदै सरीता भएको छेउमा आएर एक्कासि उफ्रिन थाली । मनचरीको बोली वचन सुन्दा दनदन दन्केको आगोको रापमा जिउदो बोको सेकेझै लाग्थ्यो ।

गालीका रापताप निकैबेर सुनेर बसेकी रूकमिताले मनचरीतिर फर्केर भनी,” तपाईंलाई मन लागेजति गाली गलौज गर्न हामी जन्मेका हौं । तपाईको के बिगारेकोले यस्तो तथानाम गर्नु भएको हँ ?

” ” यो कार्यलय हो, तपाईंको घर होइन ,पदिय दायित्वका कारण हाम्रो सम्बन्ध जोडिएको छ । संस्थाहरू विधि पद्धतिले चल्नुपर्छ । एउटा व्यक्तिको मनमानीले होइन,सरसल्लाहले चल्नुपर्छ । हामीलाई हाम्रो समयको हेक्का छ । घडी हेर्नुस त ? अहिले कति बज्यो ? हामी कति बजेदेखि यहाँ छौ ?”

“तपाईंले हाम्रो होइन, तपाईंको जिम्मेवारी पूरा गर्नुस् । हाम्रो जिम्मेवारी हामी पूरा गर्छौ,गरेका पनि छौं ! हाम्रो पेसा हाम्रो धर्म हो ! काम हाम्रो भगवान हो,सेवालिन आउने मानिस अतिथि हुन् । कार्यलयमा आएर जथाभावी गालीगलौज गर्न पाइन, चित्त नबुझेका कुरा खुला छलफल गर्न सकिन्छ ।

सरसल्लाह र सहमतिमा हुने काम तपाईंलाई लागे जस्तोगरि हैन,संस्था र सेवाग्राहीलाई लागेजस्तो गरेर गर्ने हो । कसले नमस्कार गर्छ,दिनमा आठ,दस पटक छेउमा आएर बस्छ अघिपछि लाग्छ भन्ने आधारमा हैन । खवरदार ! अब आइन्दा कसैलाई अपमान गरेको सुनौं त !

“सरीताले बोली सक्न नपाउदै मनचरी सगँसगै गाली थप्न थालीन् । मनचरीको गाली गलौज सुनेर उभिइ रहेका दुबैले यसको अौपचारिक समाधान खोज्नु पर्ने कुरा मनमनै निर्णय गरे । दुबै उभिएको ठाउँबाट विस्तारै सरे र भने, ” ठिक छ हामीले कार्यलयको काम बिगारेका छौं भने तपाईंले हामीलाई नियम कानुन अनुसार कार्वाही गर्न सक्नु हुनेछ । यी आरोपको पुष्टि नभएसम्म हामी कार्यलयिय काम गर्दैनौ !

” उनीहरू बाहिरीदै गर्दा अगाडि उभिएका सेवाग्राहीले भने, “उहाँले तपाईहरू माथि गरेको अपमान र दुर्ववहार तपाईहरूको बैठकमा हामी बताइ दिनेछौ । कस्तो अत्याचार हो ! यस्ता ठाउँबाट हामीले के सिक्ने ? पढ्दैमा मानिसले पदिय मर्यादा राख्न सक्दो रहेनछ । छि : आज यो अवस्था देखेर त मलाई घिन लागेर आयो ।

” भन्दै छेउमा उभिएकी सेवाग्राही बाहिर निस्किन । बाहिरपट्टी लाइनमा बसेर मनचरीको गालीगलौज सुनिरहेका सेवाग्राहीहरूले आफ्नो कामसगँ जोडिएका कर्मचारी हिडेको देखेर , ” कस्तो सकस हो ? यस्ता त छन हाकिम ? यस्ताले जनताको सेवा गर्छन ? समय विताउन जागिर खाएकाहरूले न काम गर्नेलाई मौका दिन्छन,न आफैं राम्रोसगँ सेवा दिन्छन् ।आफ्नो ढङ्ग नभएपछि अरूले भनेको त मान्नु नि !” भन्दै थिए ।

बाहिर र भित्रका सेवाग्राहीहरूको कुरा सुनिरहेका सरीता र रूक्मति चुपचाप बाहिर निष्केको देखेर लाइनमा बेसेका नागरिकहरूले लाइन छोडेर मनचरीलाई नै घेराहाल्न गएँ । एकैछिनमा नाराजुलुसले कार्यलय सुनसान भयो । नाजवाफ मनचरीको सातो पुत्लो गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us